Connect with us
Kapilvast Forest

रुपन्देहीमा थप २ संक्रमितको मृत्यु

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

corona-hospital-butwal

रुपन्देही-रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताउनु भयो ।

उहाँका अनुसार वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu