Connect with us
Kapilvast Forest

गुल्मी काँग्रेसले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने

२०७८, २५ बैशाख शनिबारमा प्रकाशित

गुल्मी-नेपाली काँग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका बनाउने भएको छ ।पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न गरिने बताउनु भयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा उहाँले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली काँग्रेस गुल्मीले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो ।त्यस्तै सम्बन्धित पक्षलाई आवश्यक व्यवस्था मिलाउन पनि उहाँले अनुरोध गर्नु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu