Connect with us
Kapilvast Forest

कारागारभित्रै मृत कैदी फेला

२०७८, २६ बैशाख आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

दाङ-दाङको तुलसीपुर कारागार (सुधार गृह) भित्र एक जना कैदी मृत फेला पर्नु भएको छ ।सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ का ४६ वर्षीय खड्ग बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित कारागारमा बुढाथोकी आज बिहान ८ बजेतिर मृत फेला परेको प्रहरीले बताएको छ।बुढाथोकी शनिबार बेलुका खाना खाएर सुत्नु भएको छ ।आज बिहान उठाउँदा नउठेपछि उहाँ मृत रहेको खुलेको प्रहरीको भनाइ छ।

कारागार शाखाका अनुसार उहाँ २०६८ असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भोगिरहनु भएको थियो ।उहाँको स्वास्थ्यमा कुनै समस्या शनिबारसम्म नदेखिएको कारागार प्रशासनले जनाएको छ। उहाँको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइने प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu