कपिलवस्तु अस्पताललाई ४० हजार नगद र स्वास्थ्य सामाग्री
कपिलवस्तु-कपिलवस्तु अस्पाललाई ४० हजार नगद र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । रोयल थाई मोनास्ट्री, लुम्बिनी स्वर्णभुमी र वाट थाई कपिलवस्तु निग्रोधरामले सो उपलबध गराएको हो ।
लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको पहलमा अस्पतालालईं सो सामाग्री दिइएको हो । रोयल थाई मोनास्ट्रीका प्रमुख भिक्षु सुपोतले अस्पतालका ब्यवस्थाक रत्नाकर शुक्लालाई सो नगर र सामाग्री हस्तान्तरण गर्नु भएको हो । पिपिई ६८ सेट, सर्जिकल मास्क ७ सय पिस, ग्लोब्स २ प्याक, सनीटाईजर ३ ग्यालन, फेस सिल ३० वटा र पानी ५० कार्टुन उपलब्ध गराइएको हो ।
कोरोना संक्रमितको उपचारमा सहजातकालागि आफुहरुले सो सामाग्री उपलबध गराएको भिक्षु सुपोतले बताउनु भयो । उहाँले अस्पताललाई थप सहयागे गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कोषका सदस्य ज्ञवालीले संटकमा बेला मोनास्ट्रीले अस्पतालाई सहयोग गरेको आभार ब्यक्त गर्नु भयो । उहाँले अस्पतालाई थप यहोग जुटाउन पहल गर्ने बताउनु भयो ।