Connect with us
Kapilvast Forest

सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

सोलुखुम्बु-गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् ।

कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताउनु भयो ।

पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौँ जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गर्नु भयो । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उहाँले भन्नु भयो , “खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।”

काठमाडौँ विभिन्न अस्पतालमा अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रन्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिन्छन् । यस्तै कोभिड–१९ को सङ्कास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिएका छन् ।

स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनको भनाइ छ । टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाउनु भयो ।

गत वर्ष कोरोना सङ्क्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अत्य भएपछि सोलुखुम्बुवासीलाई सहज भएको छ ।

स्वास्थ्य शाखा सहसंयोजक तथा गाउँपालिकाका सूचना अधिकारी बिशाल बाबु राईले गाउँमा कोरोना सङ्क्रणको दार बढेसँगै गाउँपालिकाले निगरानी बढाएको बताउनु भयो । कुनै पनि सङ्कास्पद लक्षण देखिएको जानकारी हुनसाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उहाँको भनाइ छ ।

नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोहीअनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकताअनुसार यसलाई विस्तार गर्ने बताउनु भयो ।

“सकेसम्म नागरिकलाई गाउँपालिका बाहिर उपचारमा जान नपर्ने गरि व्यवस्थपन गरेका छौँ”, अध्यक्ष राईले भन्नु भयो “सामान्य लक्षणसहित बिरामीलाई औषधि किटसहित घरैमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र जटिल प्रकृतिका बिरामीलाई निशुल्क उद्धार गरी कोभिड अस्थायी अस्पतालमा ल्याउने व्यवस्था गरेका छौँ ।”

उक्त अस्पतालमा एक जना एमबीबीएस डक्टर, दुई जना स्टाप नर्स, एक जना ल्याब असिस्टेण्ट, दुई अनमी, दुई स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी रहेका छन् । गाउँपालिका अध्यक्ष आफैँ चढ्ने गाडीसमेतलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

कोरोना सङ्क्रमितको उद्धारका लागि अध्यक्षको गाडीसहित दुई वटा एम्बुलेन्स र अर्को एउटा निजि गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनु भयो ।

उक्त गाउँपालिकामा हालसम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमा पुष्टि भएको छ । जसमध्ये चार जना निको भइसकेको स्वास्थ्य सहसंयोजक विशाल बाबु राईले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu