Connect with us
Kapilvast Forest

कोठाभित्रै मृत भेटिए फ्रान्सेली नागरिक

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

death

 

काठमाडौं -बौद्धमा एकजना फान्सेली नागरिक कोठाभित्र मृत अवस्थामा भेटिएका छन् ।राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक ६७ वर्षीय मार्क गेरार्ड बाजुसलाई मृत अवस्थामा फेला पारिएको प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्कीले बताउनुभयो ।

 

उहाँका अनुसार बाजुसको शवमा बाहिरी चोटपटक देखिएको छैन । र, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारणबारे खुल्नेछ ।

कार्कीका अनुसार बाजुस झण्डै एक दशक अघिबाट बौद्धको नयाँ बजार क्षेत्रमा बस्दै आएका थिए । ‘आफ्नो देशमा आफन्त कोही छैन, मलाई यहीँ रमाइलो लाग्छ भन्दा रहेछन्’ उहाँले स्थानीयको भनाइ उदृत गर्दै भन्न भयो , ‘काम पनि खासै केही गरेको देखिँदैन ।’प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu