Connect with us
Kapilvast Forest

राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल निर्वाचित

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौँ- नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ ।संघ निबर्तमान अध्यक्ष वचन ब. सिहको अध्यक्षतामा भर्चुअल माध्यमबाट हिजोदेखि आजसम्म भएको संघको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसभन्दा अगाडीको कमिटीमा पौडेल सहअध्यक्ष हुनुहुन्थ्यो । जस्तो सुकै परिस्थितिको पनि सहजै सामना गर्न सक्ने क्षमता भएका, सालिन, बौध्दिक र सबै युवाहरुका प्रिय हुनुहुन्थ्यो ।

संगठनमा लामो समयसम्मको अनुभव संहाल्नुभएका नवनिर्वाचित अध्यक्ष पौडेलले संगठनमा महासचिव, बरिष्ठ उपाध्यक्षसहितका जिम्मेवारीहरुमा सफलतापूर्वक बहन गर्नुभएको थियो ।

संगठन विस्तार र प्रतिकुल समयलाई क्याच गरी अगाडी बढ्न सक्ने क्षमता राख्नुहुने पौडेलले अबका दिनमा युवाहरुको सकारात्मक आन्दोलनलाई समाजवादको दिशातर्फ अगाडी बढाई युवाहरुको हक, हित, अधिकार तथा आवश्यकतालाई ध्यान दिई संगठनको गौरवमय इतिहासलाई सुरक्षित राख्ने आम युवाहरुले अपेक्षा गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu