Connect with us
Kapilvast Forest

हेटौँडामा ट्रक र एम्बुलेन्स ठोक्किँदा एकजनाको मृत्यु

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

accident

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका(११ नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको छ।पूर्व-पश्चिम राजमार्ग खण्डअन्तर्गतको नवलपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता जयश्वर रिमालले दुर्घटनामा परी एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका(४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जानकारी दिनु भयो ।

प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिँदा चितवनबाट उपरचारपश्चात् घर फर्कंदै गरेका कोरोना सङ्क्रमितको मृत्यु भएको रिमालले बताउनु भयो ।एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu