काठमाडौंबाट रौतहट जाँदै गरेको बस दुर्घटना
मुत्यु हुनेको सर्लाही रामपुर वोरहवा गाउँपालिका–५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको ना५ख २२३३ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान २ः३० बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
दुर्घटनामा घाइते १५ जना मध्ये ८ जनाको अवस्था सामान्य रहेको र ४ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ । भने ३ जनाको हेटौंडामा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।