Connect with us
Kapilvast Forest

कर्मचारीलाई सरकारी विमान मात्र चढ्न बाध्यकारी नियम बनाइदै

२०७८, १ असार मंगलवारमा प्रकाशित

nepal airlince

काठमाडौं- नेपाल वायुसेवा निगम व्यवस्थापनले सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्नुपर्ने प्रस्ताव गरेको छ । निगम व्यवस्थापनले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री उमाशंकर अरगरियासँग सरकारी कर्मचारीलाई बाध्यकारी नियम बनाउनुपर्ने प्रस्ताव राखेको हो । साथै, निगमले भैरहवा र पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाबापतको राजस्व पाँच वर्षका लागि छुट गराउनुपर्ने माग अगाडि सारेको छ ।

मन्त्रीले निगमसँग भएका विमानहरू पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पुर्‍याउन आह्वान गरेका थिए । ‘दक्षता र योग्यताका आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहन्छ,’ मन्त्री अरगरियाले भने, ‘निगमले कोरोनाको महामारीमा पनि आफ्नो जिम्मेवारी सक्षमतासाथ पूरा गरेकोमा सन्तोष व्यक्त गर्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता छ । तपाईंहरू त्यसमा केन्द्रित हुनुहोस् ।’

उनले निगम नाफामूलक मात्र नभई सेवामूलकसमेत हो भन्ने अवधारणासहित अगाडि बढ्न सल्लाह दिँदै सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगतितर्फ लैजान सम्बन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए । संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्पबारे अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा महाप्रबन्धक डिमप्रकाश पौडेलले यात्रुहरूका लागि विश्वको झन्डै आधा जनसंख्या भएको भारत र चीन राम्रो बजार रहेको बताए । साथै, वैदेशिक रोजगारीमा जानेहरू पनि पर्याप्त भएकाले निगमले क्षेत्रीय विमान कम्पनीकै रूपमा पनि लगानीको राम्रो प्रतिफल लिन सक्ने बताए । नयाँ पत्रिका दैनिक

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu