लुम्बिनीः स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता, प्रादेशिक अस्पताललाई २५ करोड
बुटवल-लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेश सरकारले कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुरुको तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको हो ।
यस्तै लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ ।
लुम्बिनी प्रदेश सभामा आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका चार कोभिड उपचार अस्पताललाई प्रयाप्त बजेट विनियोजन गरिएको बताउनु भयो ।
त्यस्तै जिल्ला स्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरणका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो ।