Connect with us
Kapilvast Forest

बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरूको बीमा गरिने

२०७८, २ असार बुधबारमा प्रकाशित

 

काठमाडौं- सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ । बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बिमा गर्ने निर्णय भएको समितिका सचिव एवं सह प्रवक्त वेदनिधि खनालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

त्यस्तै बैठकले द्रुत लेखाजोखा गाइड लाइन संशोधन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि वित्तीय व्यवस्थापनको रणनीतिको प्रतिया अगाडि बढाउने, सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कार्य योजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायत संयुक्त प्रयासमा तीन महिना लगायर बनाएको विपत प्रतिकार्य योजनालाई बैठकले पारित गरेको छ ।

मेलम्ची र मनाङलगायतका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समेत बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
मेलम्चीमा प्रमुख जिल्ला अधिकारीलगायतका सबै सुरक्षा निकायहरुलाई आफ्नो सामथ्यले भ्याएसम्म प्रयासहरु गर्ने र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न निर्देशन दिइएको छ ।

त्यस्तै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ठूलो ढुंगाले करिब ४७ घरलाई जोखिम पुगेको छ भने त्यस क्षेत्रलाई व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । ।

बाढी प्रभावित क्षेत्र मनाङमा पनि सामग्रीहरु लैजानेलगायतको छलफल भएको छ । यस विषयमा गृह मन्त्रीले निर्देशन दिइसक्नुभएको छ ।
बाढी प्रभावित क्षेत्रहरुा खाद्य सामग्री, टेन्टलगायतका अति आवश्यक सामग्रीको तुरुन्त व्यवस्था गर्न र जोखिममा परेका नागरिकलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा स्थान्तारण गर्ने निर्णय बैठकले गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu