ब्राउनसुगरसहित दुई पक्राउ
काठमाडौं-काठमाडौंबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं धारापाटीमा डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ का २३ वर्षीय सुवास बराल र बाँके नैनापुर गाउँपालिका–२ का ३५ वर्षीय मोबिल जोलाहा रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध जोख्ने तराजु, मोबाइल तीन थान, नेपाली ८२ हजार, भारु ९ हजार पनि बरामद गरेको छ ।