Connect with us
Kapilvast Forest

शितगंगा ३ मा काग्रेश सभापतिमा अधिकारीको उमेदवारी हुने

२०७८, १५ भाद्र मंगलवारमा प्रकाशित

अर्घाखाँची-नेपाली काग्रेशको १४ औ महाधिबेसनमा शितगंगा नगरपालिका ३ मा काग्रेशका युवा पुराना नेता उमानन्द अधिकारीले वडा सभापतिमा उमेदवारी दिने घोषण गर्नु भएको छ । बिगत लामो समय सम्म काग्रेशको कृयाशिल रहेर काम गरि रहनु भएका अधिकारीले अब वडामा पाटीको नेत्तृत्व गरेर पाटीकाे काम गर्न तयार रहेकाे बताउनु भयाे ।

काग्रेश स्थापना गर्न सुरूवाति समयमा कृयाशिल रहि याे अवस्था सम्म ल्याउन समत भुमिका निर्वाह गरेकाे बताउदै वडा नम्बर ३ लाई अझ शसक्त रुपमा बढाउन आफुले उमेदवारी दिन लागेकाे अधिकारीले बताउनु भयाे ।

२०३२ साल देखि पाटीमा कृयाशिल सदस्य भएर काम गरिरहेका अधिकारी पाटीकाे जिम्मेवारी अनुसार काम गर्दै पाटीलाई स्थापित गराउन समेत यश क्षेत्रमा भुमिका खेलेकाे बताउदै पाटीले सघियता पछि संरचनामा पनि पुन एक पटक जिम्मेवारी दिएर काम गर्ने अबसर प्रदान गर्नेमा आशावादी रहेकाे अधिकारीले बताउनु भयाे ।

साबिक ठाडा गाबिसकाे वडानम्बर २ समितिमा २ पटक सभापति बनेर काम गरि सकेकाे अधिकारी दर्जनाै संस्थामा काम गरि सक्नु भएकाे छ भने सामाजिक काममा समेत अग्रसर रहनु भएकाे छ । वडाका धेरै कृयाशिल सदस्यहरुकाे चाहना अनुसार पनि आफू पुन पाटीकाे नेत्तृत्वमा आउने चाहना रहेकाेले सबैलाइ सहयाेग गर्न समेत अनुराेध गर्नु भयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu