Connect with us
Kapilvast Forest

सैनिक सेवाबाट प्रधानसेनापति थापा विदाई

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिनु भएको छ । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा हुनु भएको हो ।

सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य संगठन बनाएको भन्दै बधाइ दिनु भएको हो ।

कार्यक्रममा कामु प्रधानसेनापति रथी प्रभुराम शर्माले थापाको ३ वर्षे प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको बताउनु भयो ।

थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । उनले यही भदौ २४ गतेबाट प्रधानसेनापतिको पदभार सम्हाल्नुहुने छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu