Connect with us
Kapilvast Forest

नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु

२०७८, १५ आश्विन शुक्रबारमा प्रकाशित

corona

 

काठमाडौँ- कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ ।
यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिनुभयो ।

उहाँले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिनुभयो । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताउनुभयो ।
निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिनुभयो । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ ।
डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो ।

पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन जाँच गरिन्छ । त्यस्तै जिन सिक्वेन्सिङमा भाइरसको बनावटका बारेमा अध्ययन गर्ने गरिन्छ । जिन सिक्वेन्सिङ अनुसन्धानका लागि मात्र गर्ने गरिन्छ ।
कोरोना भाइरसले आफ्नो जिनमा साना–साना परिवर्तन गरिरहनुलाई म्युटेसन भनिन्छ । धेरै जस्तो म्युटेसनले कुनै प्रभाव नपार्न सक्छ । कहिलेकाहीँ म्युटेसनले भाइरसमा ठूलो बदलाव ल्याइदिन्छ । भाइरस बढी सङ्क्रामक हुन सक्ने, छिट्टै फैलिन सक्ने, उपलब्ध औषधिले काम नगर्ने हुन सक्छ । भाइरसको परिवर्तित स्वरूपलाई नयाँ भेरियन्ट भनिन्छ । त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ । डा. झाले सर्वे गर्नका लागि मात्र जिन सिक्वेन्सिङ गर्नुपर्ने भन्दै यो अत्यन्त महँगो हुने भएकोले व्यक्तिपिच्छे परीक्षण गरिरहनुपर्ने जरुरी नरहेको बताउनुभयो ।

डा. झाले हाल नेपालमा कोरोना भाइरसको अल्फा, बिटा, गामा र डेल्टा गरी चारवटा भेरियन्ट रहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १४९ वटा नमुनाको जिन सिक्वेन्सिङ गराइसकिएको जानकारी दिनुभयो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अब विदेशमा नमुना पठाउनु नपर्ने बताउनुभयो ।गोरखा पत्र

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu