Connect with us
Kapilvast Forest

सेवा प्रवाह सम्बन्धि जानकारी लिन विद्यार्थीहरु वडा कार्यललयमा

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु – न्यु ग्रेट एम एकेडेमीका विद्यार्थीहरुले वडा कार्यलयको भ्रमण गरि वडाले गर्ने विभिन्न सेवा सम्बन्धि जानकारी लिएको छ ।
शिवराज नगरपालिका ९भगवानपुरमा रहेको न्यु ग्रेट एम एकेडेमीका विद्यार्थीहरुले अन्तरक्रिया तथा वडाले गर्ने सेवाहरुको जानकारी लिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष चुर बहादुर खड्का र वडा सचिव प्रेम वलीले विद्यार्थीहरुले गरेका विभिन्न जानकारी मुलुक प्रश्नको जवाफ दिनुभएको थियोे त्यस्तै वडा सचीव प्रेम वलीले वडालेप्रवाह गर्ने सेवाबारे जानकारी दिनुभएको थियो ।

विद्यार्थीहरुलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धि जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको न्यु ग्रेट एम एकेडेमीका प्रधानध्यापक पदम खडकाले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष चुर बहादुर खड्का वडा सचिव प्रेम वली वडा सदस्य गोपाल चौधरी बम बहादुर घर्ती बिद्यालयका शिक्षक लगायत न्यु ग्रेट एम एकेडेमीका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सप्पन्न भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu