शिवराजमा काँग्रेस ईकाई उपसभापति गीरी सहित ६३ जना एमालेमा प्रवेश
कपिलवस्तुनेपाली काँग्रेस ईकाई उपसभापति रेगमान गीरी नेपाली काग्रेस पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नु भएको छ ।नेपाल कम्युनिष्ट पार्टि एमाले शिवराज वडा न ३ को वडा कमिटिले राखेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा शिवराज नगरपालिका ३ मदवामा बसोबास गदैआउनु भएका काग्रेसका प्रभावशाली स्थानिय नेता गिरी सहित ६३ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।
कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले गिरीले बताउनु भयो । शिवाज ३ मदवाका कांग्रेशका प्रभावशालि नेताका रुपा रहेकागरी एमालेमा प्रवेश गरे सगैं अब मदवा गाउँ नै एमालेमय बन्ने एमालेका एक नेताले दावि गरे ।
नवप्रवेशीलाई नेकपा एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेल ,नेकपा एमाले प्रदेश कमिटी सदस्य केन्द्रीय नेराज अधिकारी ,एमाले जिल्ला सचिवालय सदस्य अर्जुन कुमार केसि ,जिल्ला कमिटी सचिवालय सदस्य शिवकुमारी चौधरी, एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल ,उपाध्यक्ष महादेव पोख्रेललगायतले अविर र खदा पहिर्याएर स्वागत गर्नु भएको थियो ।