Connect with us
Kapilvast Forest

धानखेतमा फालिएको नवजात शिशुको उद्धार

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

राजविराज-सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ ।धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा प्रहरीले उद्धार गरिएको राजविराजका युवा मोहम्द मुस्तकिमले जानकारी दिनुभयो । उद्धार गरिएका शिशुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको छ ।

शिशु कसको हो भने खुल्न नसकेको बताइएको छ । नवजात शिशु फाल्नेको खोजी तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका मुद्दा फाँटका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu