Connect with us
Kapilvast Forest

सल्यानमा बसको छतबाट खसेर घाइते एकको मृत्यु

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

file death

सल्यान – सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्धकुमाख गाउँपालिकाको छापडाँडा जाँदै गरेको ना ५ ख २७९३ नम्बरको बसको छतबाट खसेर सोही गाउँपालिका–३ फलाटेका ३० वर्षीय रवीन्द्र बोहराको मृत्यु भएको हो।

बिहीबार साँझ बसको छतबाट सामान निकाल्ने क्रममा बोहरा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।बसको छतबाट खसेर घाइते भएका उनको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। बस र चालक दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu