एमालेमा बिद्रोर्हको कारण चितवनको तमासा नै पर्याप्त छ:माधवकुमार नेपाल
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको टिप्पणी गर्नु भएको छ ।सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा फरक मत राख्नेहरुको अपमान भइरहेको र जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताउनु भयो ।
एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट भएर आफूहरुले विद्रोह गरेको भन्दै उहाँले भन्नु भयो , ‘किन विद्रोह गर्यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको पाइराखेका छौं ।’
उहाँले अघि भन्नुु भयो ‘जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने प्रवृत्तिले नै प्रष्ट पार्छ कि एमाले दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ, कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन ।’
उहाँले महाधिवेशन उद्घाटन समारोहमा राप्रपा नेताले एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको समेत बताउनु भयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले अघि भन्नु भयो । ‘यसबाट थाहा हुन्छ कि बास्तवमा त्यो पार्टी कुन दिशातर्फ जान खोज्दैछ ।’