Connect with us
Kapilvast Forest

एमालेको नेतृत्व चयन गर्न मतदान सुरू

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गर्नु भएको छ ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताउनु भयो । उहाँले भन्नु भयो , ‘सदस्य नवीकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका छन् भनेर यसअघि नै भनेको छु । यति हुँदाहुँदै पनि म परिणामलाई सहज रुपमा लिन्छु ।’

निर्वाचन आयोगका अनुसार यसअनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार हुनुन्छ भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार रहनु भएको छ ।

 

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा हुनुन्छ ।

यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताउनु भयो । अध्यक्षका उम्मेदवार भीम रावल पछाडि हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको भन्दै उहाँले भन्नु भयो, ‘सर्वसम्मति नभएकाले लोकतान्त्रिक प्रतिस्पर्धा भयो, यसलाई सहज र स्वभाविक ढंगले लिनुपर्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu