ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु, पहिचान खुल्न बाँकी
काठमाडौं-बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नम्बरको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक दुबैजना पुरुष रहेका स्थानीयवासी भरत पौडेलले जानकारी दिनु भयो ।
दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि कुश्मा अस्पताल लगिएको छ। दुर्घटनापछि ट्रयाक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्रयाक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।