Connect with us
Kapilvast Forest

ट्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

दाङ -रूकुम पश्चिमको आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

उहाँकी श्रीमती गम्भीर घाइते हुनु भएको छ । आठबिसकोट नगरपालिकाको वडा नं। ७ औल नजिक भित्री सडकमा शुक्रबार राति १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक २५ वर्षीय करण नेपालीको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिलजंग शाहले दुर्घटनामा परी नेपालीकी श्रीमती १९ वर्षीया सपना नेपाली गम्भीर घाइते रहेको बताउनु भयो । घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार जारी छ।

औलबाट आठबिसकोटको राडी बजारतर्फ जाँदै गरेको रा १ प ४४१२ नम्बरको खाली ट्याक्टर सडकमै दुर्घटना परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने खुल्न नसकेको पनि प्रहरीले बताएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu