Connect with us
Kapilvast Forest

लुम्बिनीमा कोरोना संक्रमण दर ६० प्रतिशत

२०७८, १० माघ सोमबारमा प्रकाशित

 

बुटवल- लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश देवकोटाले भने–‘पुस १० यता मात्रै प्रदेशमा ५ हजार ५ सय २८ जना सक्रिय संक्रमित थपिएका छन्।’

 

संक्रमितमध्ये ५ हजार ३६ जना होम आइसोलेसनमा, ५० जना संस्थागत आइसोलेसनमा, ३३ जना आईसीयू र १ जना भेण्टिलेटरमा उपचाररत रहेका डा. देवकोटाले जानकारी दिए ।

संक्रमण दर बढी भएपनि अस्पतालमा भर्ना हुने दर पहिलाको तुलनामा धेरै कम रहेको र पुस १० यता प्रदेशमा ११ जनाको मृत्यु भएको डा. देवकोटाले बताए ।

प्रदेशका विभिन्न अस्पतालहरुमा ६ सय २४ एचडीयू ,२ सय ५३ आईसियु र ६२ वटा भेन्टिलेटर बेड तयारी अवस्थामा रहेका छन् ।

प्रदेशमा अहिलेसम्म लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा अझैं १८ लाख ६२ हजार न्दा बढी डोज खोप आवश्यकता रहेको सचिव देवकोटाले जानकारी दिए ।

प्रदेश प्रमुख शेरचनको चासो

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् ।

प्रदेशमा कोरोना संक्रमण दर बढेपछि चासो राख्दै पदेश प्रमुख शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीसहित सभामुख,प्रदेशका मन्त्रीहरु ,सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर छलफल गरेका प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

पर्याप्त मात्रामा पिसिआर परीक्षण,खोप अभियान सञ्चालन गर्न र होल्डिङ सेन्टर छिटो बनाउनेतर्फ प्रदेश प्रमुखले सरोकारवालाको ध्यानाकषृण गराएका हुन् ।

‘सरकारको पहिलो दायित्व नागरिकको जिवन रक्षा हो,विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जिवन सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ’–प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई सुझाव दिंदै भनेका प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu