Connect with us
Kapilvast Forest

टेकु अस्पतालमा आजदेखि खोप अभियान फेरि सञ्चालनमा आउने

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आज मङ्गलवारदेखि फेरि सञ्चालनमा आउने भएको छ ।

अस्पतालले हिजो सोमवार विज्ञप्ति निकालेर भोलिदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो । अस्पतालका ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना सङ्क्रमित भएपछि टेकुमा आइतवारदेखि खोप कार्यक्रम स्थगित गरिएको थियो ।

काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखा, नेपाल रेडक्रस सोसाइटी काठमाण्डौबाट जनशक्ति व्यवस्थापन हुने भएकाले भोलि बिहान १० बजेदेखि फेरि नियमित खोप कार्यक्रम सञ्चालन हुने अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu