माओवादीले केन्द्रीय समितिको बैठक बोलायो
काठमाडौ- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाएको छ ।
माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
सांगठनिक राजनीतिक विषयलाई टुङ्गो लगाउन बैठक बोलाइएको ढकालले जनाकारी दिनुभयो ।
आठौं राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुमा कोरोना सङ्क्रण देखिएपछि बैठक बस्न सकेको थिएन ।