निबेदन दिएको एक हप्ता भित्रै सालको काठ उपलब्ध गराउदै वन कार्यालय
कपिलवस्तु –लामो सयम देखि सरकारले सालको काठ बिक्री बितरण रोके पछि आम उपभोक्ताहरु मारमा परीरहेका बेला डिभिजन वन कार्यालय कपिलवस्तुले निबेदन दिएको एक हप्ता भित्रै काठ उपलब्ध गराइरहेको छ । गत पुस देखि नै वन कार्यालयको मातहतमा रहेको जिल्ला वन पैदावार आपुर्ति समितिले घर निर्माणकालागि प्रयोग हुने सालको गोलिया काठ निबेदन दिएका उपभोक्तालाई एक हप्ता भित्रै उपलब्ध गराउदै आएको हो ।
बैज्ञानिक वन ब्यवस्थापनका बिषयमा बिवाद बढे पछि सरकारले साल जातको काठ बिक्री बितरणमा करिब २ बर्ष अघि रोक लगाएको थियो । सालको काठ बिक्रीमा रोक लागई पछि उपभोक्ताहरु मारमा पर्नुको सार्थ चर्को मुल्यमा काठ किन्न बाध्य थिए ।
आपुर्ति समितिले काठ उपलब्ध गराए पछि साझेदारी र सामुदायिक क्षेत्रमा नपरको दक्षिण क्षेत्रका उपभोक्तारु लाभांवित भएका छन । मायादेबी गाउपालिका १ का सिताराम चमारले घरकाजकालागि आवश्यक ५० क्युफिट काठ निबेदन दिएको एक हप्ता भित्र पाएको बताए ।
‘ घर बनाउन सुरु गरको थिए काठ नपाउदा समस्यामा थिए, वन कार्यालयमा निबेदन दिएको एक हप्ता भित्रै सालको काठ पाए ’ उनले भने । सिताराम जस्तै मायादेबी गाउपालिका वडा नम्बर ४ स्थित बब्लु धोबीले घरकाजकालागि निबेदन दिएको एक हप्ता भित्रै काठ पाएको बताए । ‘ काठ चाडै पाउदा निकै खुशी लागेको छ ’ उनले भने । सिताराम र बब्लु जस्तै गत आईवार मायादेबी गाउपालिकाका ६ जनाले निबेदन दिएको हप्ता भित्रै काठ पाएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन माहेन सेन्डील्यले बताए ।
साझेदारी र सामुदायिक वन क्षेत्रमा नपरेको उपभोक्ताहरुलाई जिल्ला वन पैदावार आपुर्ति समितिले एक हप्ता भित्रै प्रकृया प्रेयाई काठ उपलब्ध गराइएको डिभिजन वन काार्यलयका प्रमुख बिजयराज सुबेदीले बताए । लालपुर्जाको फोटो कपी, घरको नक्सा र पालिकाको सिफारिस सहीतको निबेदनका आधारमा अनुगम गरी काठ उपलबध गराइएको उनले बताए ।
सबै तथ्यांक र अनुगन समते अनलाईन र जिपिएस सिस्टममा राखिएको उनले बताए । ‘ घर काजकालागि प्रकृया पुरा गरी आएको निबेदनका आधारमा हामीले बढीमा एक हप्ता मै काठ उपलब्ध गराएका छौ ’ प्रमुख सुबेदीले भने । सामुदायिक र साझेदारी वनले उपभोक्ताहरुलाई काठ उपलब्ध गारए पनि ती दुबैको उपभोक्ता नभएकाहरुलाईै प्राथमिकतामा राखेर काठ दिइएको उनले बताए ।
गत पुस देखि माघ २३ गते सम्म १ सय १४ जनालाई ४६ सय २७ क्युफीट सालको काठ उपलब्ध गराइएको छ । काठकालागि पुराना र नया गरी ४ सय बढी निबेदन पारेका छन । यस्तै सो अवधिमा २८ दशमलव ५ चट्टा दाउरा समेत उपलब्ध गराइएको छ । आगलागी, दबै प्रकोप र दाहसस्कारकालागि पीडीतलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा तोकिएको सरकारी मुल्यको ९० प्रतिशत छटमा काठ उपलब्ध गारईने गरिएको छ । आपुर्ति समितिको ए ग्रेडको काठ १६ सय क्युफीट, बी ग्रेडको १२ सय ५० र सी ग्रेडको नौ सय रुपैयामा उपलब्ध गराईने गरिएको छ । घर काजकालागि एक घरलाई ५० क्युफीटका दरले काठ उपलब्ध गराइेने गरिएको छ ।