महराले सांसदबाट राजीनामा नदिने
काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेको निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।
महराले आफूले सभामुखकाे निर्वाचनसँगै पार्टीको साधारण सदस्य त्याग गरेको भन्दै आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका हुन् ।
यौन दुर्व्यवहारको घटना सार्वजनिक भएसँगै सभामुख र सांसद पदबाटसमेत राजीनामा दिन नेकपाले महरालाई निर्देशन दिएको थियो । तर महराले सांसद पदबाट राजीनामा नदिई सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए । समाचार राजधानी दैनिकमा छ ।