Connect with us
Kapilvast Forest

यही ट्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो’

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

 काठमाडौं । बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ । महताव आलमको भएको प्रहरीको दाबी छ ।

आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना.१त६४७२ नम्बरको ट्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्याक्टर आलमका भाइ महतावले०६७ असार २३ गते बेचेका थिए । ०५७ जेठ २४ मा महतावले आफ्नै नाममा खरिद गरेको ट्याक्टर ०६४ चैत २७ गते राति बम विस्फोटका घाइते तथा मृतक बोक्न प्रयोग भएको पीडित पक्षले दाबी गर्दै आएका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu