Connect with us
Kapilvast Forest

भारतमा एकैदिन २ लाख ७१ हजार बढीमा कोरोना, ओमिक्रोन संक्रमितको संख्या ७ हजार नाघ्यो

२०७८, २ माघ आईतवारमा प्रकाशित

corona

एजेन्सी- भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७१ हजार २०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घन्टामा १६ लाख बढीले कोरोना जाँच गराएका थिए। जसमध्ये सो संख्यामा संक्रमण देखिएको हो। शनिबारको तुलनामा आइतबार २ हजार ३६९ बढी संक्रमित थपिएका हुन्।

 

नयाँ थपिएका संक्रमितसहित भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३७७ पुगेको हो। देशमा कोरोना पोजिटिभ रेट १६.२८ प्रतिशतले वृद्धि भएको हो।
यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ३१४ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्रमा मात्रै कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्।

नयाँ संक्रिमत थपिएसँगै निको हुनेको संख्या पनि बढिरहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। पछिल्लो २४ घन्टामा १ लाख ३८ हजार ३३१ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, यहाँ नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या पनि दिनप्रदिन बढ्दो छ। हालसम्म ओमिक्रोन भेरियन्ट ७ हजार ७४३ जनामा देखिएको हो।
पछिल्लो २४ घन्टामा ओमिक्रोन केसमा २८.१७ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu