Connect with us
Kapilvast Forest

प्रहरीले नै ठगको डलर लुकाएपछि

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

file photo

सिन्धुपाल्चोकका रेशम बुथाथोकीले सस्तोमा डलर साटिदिने भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिकामा चैत पहिलो साता दुई युवालाई बोलाएका थिए । पूर्वयोजना अनुसार उनीहरुबीच होलीका दिन भेट भयो, १० लाख रुपैयाँ बराबरको डलर उनीहरुलाई दिने भनिएको थियो ।

प्रहरीका अनुसार ८ लाख रुपैयाँ दिएर डलर दिने भनिएको थियो । डलर लिन कैलालीको गोदावरी–२ का वीरेन्द्रबहादुर खड्का र मकवानपुराक सुरेश न्यौपाने चाँगुनारायण गएका थिए ।

‘सुरुमा उनीहरुले पैसा दिएछन्, बुढाथोकी पनि रुमालमा पोको पारेको डलर दिएर हिँडे’ महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपी राजु पाण्डे भन्छन्, ‘एकैछिनमा खोलेर हेर्दा बाहिरपट्टी पचासको डलर र भित्र एकको नोटहरु रहेछ ।’ त्यसपछि दुई युवाले ठगिएको थाहा पाएर चोर.. चोर.. भन्दै कराउन थाले ।

स्थानीयले बुढाथोकीलाई समाते र दुई युवा पनि मिलेर कुटपिट गर्न थालेको डीएसपी पाण्डे बताउँछन् । त्यसक्रममा महानगरीय प्रहरी प्रभाग, साँखुबाट आएको प्रहरी सहायक निरीक्षक (असई) दिलीप खड्काको टोलीले खड्का र न्यौपानेलाई पक्राउ गर्‍यो । घाइते बुढाथोकीलाई उपचारका लागि अस्पताल पठायो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि महानगरीय प्रहरी परिसर, भक्तपुरले अनुसन्धान थाल्यो ।

‘घटना भएको स्थान भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्छ, प्रहरी साँखुबाट पुग्न सजिलो भएकाले त्यहाँको टोली घटनास्थलमा पुगेको थियो’ पाण्डेले भने । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार भक्तपुर प्रहरीले अनुसन्धान थालेदेखि नै असई खड्काले दिएको विवरण र पक्राउ परेकाको भनाइ बाझिन थालेको थियो ।

‘बरामदी मुचुल्कामा पनि उनले डलर देखाएका थिएनन्, बरु जग्गासम्बन्धी कारोबारमा विवाद भएको भनेका थिए’ ती अधिकृत भन्छन्, ‘तर पक्राउ परेकाबाट प्रहरीले डलर लगेको खुलिसकेको थियो ।’

त्यसपछि प्रहरीले असई खड्कालाई नियन्त्रणमा लिएर छानविन थालेको उनले बताए । त्यसक्रममा असई खड्काले ५ सय ६७ डलर लुकाएको पाइएको बताइएको छ । ती अधिकृत भन्छन्, ‘उनी पहिल्यैदेखि यसमा संलग्न होइनन्, विवाद भएपछि डलर देख्दा लुकाउन सकिन्छ कि भनेर लोभिएको जस्तो देखिन्छ ।’

उक्त डलर खड्काको डेराबाट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले असई खड्कासहित अरु दुई जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

डीएसपी पाण्डे भन्छन्, ‘अरु दुई जना चाहिँ डलर ल्याउन प्रयोग भएका व्यक्ति हुन्, कुटपिटमा संलग्न खड्का र न्यौपानेविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu