Connect with us
Kapilvast Forest

लोडसेडिङको तालिका सार्वजनिक गर्ने चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

चितवन –

नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ ।गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरिएको हो ।

प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड९ग० बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ ।चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।

प्राधिकरणको ब्यापक आलोचना भएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं चितवन आएका थिए ।साउन १२ गते चितवन आएका शाक्य समस्या भएको चनौली वितरण केन्द्र पुग्दा केन्द्र प्रमुख श्रेष्ठ जिल्लामा नै भएर पनि उपस्थित भएका थिएनन् ।

श्रेष्ठ कार्यालयमा नभएपछि शाक्यले अन्य इन्जिनियरहरुसँग अवस्थाको बारेमा जानकारी लिएका थिए । पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu