Connect with us
Kapilvast Forest

‘८४ मा अहिलेका ठूला दलहरू संकटमा पर्न सक्छन्’ : कार्की

२०८२, ३२ श्रावण शनिबारमा प्रकाशित

काठमाडाैं-

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरू निर्वाचन केन्द्रित मात्रै भएको बताएका छन्। उनले राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित हुँदा देशको विकास हुन नसकेको बताए।सचिव कार्कीले नेपालको राजनीतिको चक्रलाई राजनीतिक दलहरूले पनि ०८४ का रुपमा हेरिरहेको र आम नागरिक, किसान, मजदुरहरूले पनि परिवर्तनको चक्रमा रुपमा हेरिरहेको बताए।

‘मुख्य कुरा सबै पार्टीहरू चुनावदेखि चुनावसम्म केन्द्रित भए । यो चुनाव किन जित्ने भन्दा अर्को चुनाव जित्नका लागि भनेको जस्तो स्थितिमा छ । अहिले नेपालको राजनीतिको जो चक्र छ । त्यसमा राजनीतिक पार्टीहरूले ०८४ पनि हेरिरहेका छन्’, न्युज एजेन्सीसँगकाे कुराकानीमा उनले भने।

नेता कार्कीले हरेक १५–२० वर्षभित्र नेपालमा ठूला–ठूला आन्दोलनहरू हुने गरेको स्मरण गर्दै जनताको असन्तोष, चाहना, आकांक्षाहरू त्यसैतर्फ परिलक्षित भइरहेको बताए। नेपालको राजनीतिमा सक्रिय र प्रभावी रहेका राजनीतिक दलहरूको औचित्यमाथि नै प्रश्न खडा हुनेगरी अहिलेको परिस्थिति अघि बढिरहेको उनकाे बुझाइ छ।

‘जनताको पनि एउटा चक्र छ । परिवर्तनको एउटा चक्र छ । हरेक १०—१५—२० वर्षभित्र नेपालमा ठूला ठूला आन्दोलनहरु हुने गरेका छन् । जनताको असन्तोष, चाहना, आकांक्षाहरू परिलक्षित हुने गरेका छन्’, उनले भने, ‘त्यसो हुनाले एकातिर संसदीय दृष्टिकोणबाट हेर्दा देखिने ०८४ र अर्को कुरा जनताको पक्षबाट, मजदुर किसानको परिप्रेक्ष्यबाट हेर्ने ०८४ फरक छ । ०८४ मा यि पार्टीहरू जाे अहिले नेपालको राजनीतिमा सक्रिय छन्, प्रभावी छन्, ति पार्टीहरूको रिलेभेन्स, औचित्यमाथि ठूलो प्रश्न पो खडा हुन्छ की भन्नेकुरा आइरहेको छ ।’सचिव कार्कीले अहिले संसारको नेतृत्व नै पुँजीपति वर्गले गरिरहेको बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu