ट्राफिक प्रहरीको कमजोरी: कपिलवस्तुका मुख्य बजार अस्तव्यस्त- भिडियो
न्युज सेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिने चन्द्रौटा, कृष्णनगर र बहादुरगञ्ज बजार पछिल्ला दिनमा अस्तव्यस्त बनेका छन् ।
ट्राफिक व्यवस्थापनको कमजोरी, अव्यवस्थित पार्किङ, जथाभावी फोहोर फाल्ने प्रवृत्ति र छाडा पशु चौपायाले बजार क्षेत्र कुरूप र अस्वच्छ बनेको स्थानीयले गुनासो गरेका छन् ।
जिल्लाको चन्द्रौटामा ट्राफिक इन्चार्ज निरज गौतम, कृष्णनगर ट्राफिक इन्चार्ज दिपक गिरि र बहादुरगन्ज ट्राफिक इन्चार्ज राजेन्द्र खड्का रहेका छन ।
तिनै जना ट्राफिक इन्चार्जले आफ्नो जिम्मेवारी नबुझ्दा ट्राफिक ब्यवस्थापनमा समस्या भएको स्थनिय अगुवा रमेश यादवले बताउनु भयो ।
स्थानीय बासिन्दाले बजार क्षेत्रमा ट्राफिक नियमको कडाइ, नियमित सरसफाइ र छाडा पशु नियन्त्रणका लागि प्रशासन र नगरपालिकाले सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका छन् ।
कृष्णनगरका स्थानीय राजेन्द्र गुप्ताले ट्राफिक प्रहरी निष्क्रिय रहेको आरोप लगाउँदै भने, “ट्राफिकले आफ्नो जिम्मेवारी पूरा नगरी केवल राजस्व उठाउने काम गरेको छ ।”
त्यसैगरी बहादुरगञ्जका अशोक तिवारीले ट्राफिक प्रहरीले नागरिकलाई सास्ती दिने काम त गरेको तर बजार व्यवस्थापनमा कुनै ध्यान नदिएको बताए ।
चन्द्रौटाका चिनक कुर्मीले पनि बजार क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति त देखिए पनि काम भने नगरेको टिप्पणी गरे ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गेका ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले भने ट्राफिक व्यवस्थापनका कामहरू निरन्तर भइरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी दुर्घटना न्यूनीकरणमा प्राथमिक ध्यान दिइरहेका छौं, बजार व्यवस्थापन पनि हाम्रो प्राथमिकतामा छ ।
भिडियो