Connect with us
Kapilvast Forest

बैतडीमा बस पल्टियाे, २१ जना घाइते, ७ को अवस्था गम्भीर

२०७६, ११ आश्विन शनिबारमा प्रकाशित

बैतडी । शनिबार बिहान बैतडीमा बस पल्टिँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान ३ बजे दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेमध्ये कञ्चनपुरको भफमदत्त नगरपालिका घर भएका ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३३ वर्षीया सीतादेवी चन्द, ३१ वर्षीया दिवानी ओड, बसका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका सातै जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ।बस सडकभन्दा १० मिटरमात्रै तल खसेको छ।दुर्घटनापछि बसका चालक फरार भएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu