Connect with us
Kapilvast Forest

महरा अस्पताल भर्ना, थुनछेक बहस मंगलबार

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

  काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुरु भएको छ।महरालाई बयानका लागि बिहीबार सरकारी वकिलको कार्यालय लगिएको थियो।

शुरुमा महानगरीय प्रहरी वृत्त बानेश्वरले घटनाको अनुसन्धान शुरु गरेको थियो। काठमाडौं परिसरले नै फाइल खिचेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सरकारी वकिल कार्यालयको रोहवरमा बयान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताउनुभयो।

उच्च रक्तचापका बिरामी महरालाई स्वास्थ्य बिग्रिएपछि बिहीबार नर्भिक अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। महरालाई प्रहरीले आगामी मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई थप थुनामा राख्न अनुमति लिनेछ।

आइतबार अदालतमा दसैँको बिदा छ। सोमबार पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको मृत्युका कारण बिदा गरिएको छ।

यस्तो मुद्दामा बढीमा २५ दिनसम्म मात्र थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ। आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu