Connect with us
Kapilvast Forest

शहीद जातको होइन राष्ट्रको हुन्छ : एमाले अध्यक्ष ओली

२०७९, ७ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् ।पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने बताएका हुन् ।

म इतिहासकारलाई अनुरोध गर्दछु । शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू । जातको होइन राष्ट्रको सहिद हुन्छ’ उनले भने, ‘जो पहिलो मारियो उही पहिलो शहीद हो ।

परिवर्तनका लागि बलिदान गर्दा जुनसुकै पार्टीमा भए पनि त्यसपछि राष्ट्रिय शहीद हुने उनको भनाइ छ ।साथै अध्यक्ष ओलीले पुष्पलालले नेपाललाई तानाशाहबाट मुक्त बनाएको बताउँदै राजनीतिक चेतनासँगै अन्धविश्वास हटाएको दाबी गरे ।

पुष्पलाले किंवदन्तीबाट नेपालको वास्तविक देखाएको उल्लेख गर्दै ओलीले अहिले पनि इतिहासलाई कंवदन्तीबाट यथार्थमा ल्याउनु पर्ने बताए ।
अहिले पनि राजाका वटावटी कथाहरू सुनिने गरेको भन्दै उनले वास्तविकतामा इतिहासलाई फर्काउनु पर्ने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu