Connect with us
Kapilvast Forest

लुम्बिनीका प्रदेश सांसदको शपथ पुस १६ गते

२०७९, १३ पुष बुधबारमा प्रकाशित

लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा दाङको देउखुरी उपत्यकास्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ गते शपथ ग्रहण र प्रदेश सभाको पहिलो अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीललाई जानकारी दिए।

बैठकले प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने कार्यक्रम छ ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७,माओवादी केन्द्रबाट ९, राप्रपा र नागगरिक उन्मुक्ति पार्टीबाट ४–४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३ –३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक एकजना तथा स्वतन्त्र तीनजना सांसद छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu