Connect with us
Kapilvast Forest

मायादेवीमा निशुल्क आँखा शिविर सम्पन्न १६७८ जनाको आँखा परिक्षण

२०७९, २३ माघ सोमबारमा प्रकाशित

कपिलवस्तु- जिल्लाको मायादेवी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ को श्री छत्र पाली तिर्थ देबि माध्यामिक बिद्यालयमा निशुल्क आँखा अप्रेसन सहितको आँखा शिविर सम्पन्न भएको छ । पालिकाले नागरिकहरुको सेवालाई मध्ये नजर गरि २ दिने शिविर सन्चालन गरेको थियो ।

छन्द ९कालेबाबु० नारायणी आँखा अस्पताल बहादुरगन्जको प्रविधिक सहयोग र मायादेवी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको शिविरमा १६७८ जनाको आँखा परिक्षण मध्य २५८ जनाको शल्यक्रिया भएको छ ।

त्यस्तै चस्मा वितरण ३६५,ल्याब परिक्षण २९२ जनालाई गरिएको स्वास्थ्य सम्योजक महेन्द्र यादवले बताउनु भयो । पालिकाले स्वास्थ्य क्षेत्रको सम्बेदनशीलतालाई मध्यनजर गर्दै निशुल्क अप्रेसन सहितको आँखा शिविर रखेको गाउँपालिका अध्यक्ष वलिउद्दिन खानले बताउनुभयो ।

शिविरले आर्थिक अभावका कारण तथा अस्पताल सम्म उपचार गर्न आउन कठिनाइ भएका पालिकाका नागरिकहरु लभाविन्त हुने अपेक्षा रहेको पनि अध्यक्ष खानले बताउनुभयो । अँखा शिविरमा डा।सुलाक्ष्मी काटुवालको नेतृत्वमा सम्पन्न भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu