वडाअध्यक्ष माहेताबको सनाखतबाट जय र राजले पाए नागरिकता
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका ६ का वडाध्यक्ष माहेताब आलम खाँको सनाखतबाट जय कोरी र राज कोरीले नागरिकता पाएका छन ।
कोरी दाजुभाईको आमा बुवाको केही बर्ष पहिले मृत्यु भएको हुँदा नागरिकता बनाउनमा कठिनाई भएकाले वडाअध्यक्षको हैसियतले सनाखत गरेको वडाअध्यक्ष माहेताब आलम खानले जानकारी दिनुभयो ।
वडाध्यक्ष खानले भन्नुभयो” उनीहरुको नागरिताको फारममा कसैले सनाखत नगर्दा नागरिकता पाउनबाट बन्चित हुँदै आएका थिए,मैले सनाखत गरे जय र राजले नागरिकता पाएका छन् ।”
वडाध्यक्ष माहेताब आलमले आफ्नो आगुवाइमा इलाका प्रशासन कार्यालय चन्द्रौटामा गई सनाखत गरेपछी जय र राजले नागरिकता पाएका हुन् ।
कोरी दाजुभाइको नागरिकता नहुदा विभिन्न सेवा सुबिधाबाट बन्चित हुँदै आएका थिए ।
नागरिकता प्राप्त गरेका कोरी दाजुभाईले सनाखत गरेका वडाध्यक्षलाई धन्यवाद समेत दिएका छन ।