महरालाई ७ दिन म्याद थप
काठमाडौं । बहिर्गमित सभामुख कृष्णबहादुर महरालाई अझै ७ दिन हिरासतमा राखिने भएको छ । महरालाई जिल्ला अदालतले बिहीबार हिरासतमा राख्न ७ दिन म्याद थप गरेको हो ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार आरोपमा पक्राउ परेका महरालाई अनुसन्धानको लागि ७ दिन म्याद थप गरिएको हो । महरालाई सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरिएको थियो ।