Connect with us
Kapilvast Forest

इस्लाम धर्मालम्बीहरुले शब–ए–बरात पर्व मनाए

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

सनिउल्ला धोबी-
इस्लाम धर्मालम्बीहरुले शब–ए–बरात पर्व मनाएका छन । मगंलवारको रातलाई शब–ए–बरात भनिन्छ । मुस्लिम क्यालेन्डर अनुसार शब–ए–बरात पर्व शाबान महिनामा पर्छ । गतरात एक वर्षमा गरेका कर्महरूको लेखाजोखा र आगामी वर्षको योजना निर्माण गरि पर्व मनाएको मुस्लिम अगुवाहरुले बताएका छन । शब–ए–बरात पर्वको १५ दिन पछी रमजान पर्व सुरु हुन्छ ।

यो रात पूर्ण रूपमा प्रार्थनामा बिताउने परम्परा छ । नमाज, तिलावत–ए–कुरान, कब्रिस्तानको जियारत र हैसियत अनुसार दान यस रातको महत्वपूर्ण कार्यहरू रहेको लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलना मशहुद खाँ नेपालीले बताउनु भयो । यो पर्व विभिन्न स्वादिष्ट मिठाईहरूमा फतेहाको साथ मनाइने मौलना नेपालीले जानकारी दिनुभयो ।

इवादत (पूजा), तिलावत र सखावत (दान) पर्वका लागि मस्जिद र समाधिस्थलहरूमा विशेष सजावट गरिनेछ । मंगलबार राति मनाइने शब–ए–बरात पर्वमा समाधिस्थलमा प्रथना गर्न चलन रहीआएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको प्रमुख चाड शब–ए–बरातका अवसरमा मुस्लिम बाहुल्य क्षेत्रमा भव्य सजावट र जुलुस निकालेको कपिलवस्तुका मौलाना ताजुदिन सेराजीले बताउनु भयो ।

मौलाना सेराजीले अनुसार इस्लामिक मान्यता अनुसार शब–ए–बरातको सम्पूर्ण रात इबादत र पाठको अवधि हो । शब–ए–बरात मुस्लिम धर्मिक क्षेत्रहरूमा रातमा भव्यताले सजाइन्छ ।
शब–ए–बरातको रातमा सहरका विभिन्न स्थानमा जुलुस निकालिन्छ । यसैगरी यो रात मुस्लिम धर्मका अनुयायीहरु पनि संसारबाट बिछोडिएका आफन्तजनको स्मरण र उद्धारको कामना गर्न समाधिस्थलमा जाने गर्दछन । यस राती दान गरे जन्नत (स्वर्ग) जान पाउने धर्मिक विश्वास रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu