कपिलवस्तुको शिवराजद्वारा कानुन विपरीत क्युआर कोड सार्वजनिक
सनिल्ला धोबी-
कपिलवस्तु शिवराज नगरपालिकाले कानुन विपरीत क्युआर कोड सार्वजनिक गरेको छ ।
सरकारी निकायले कुनै पनि पेज सन्चालन गर्दा नेपाल सरकारको डीओआइटीको नियम अनुसार निर्माण गर्नु पर्ने प्रवाधान रहेको छ ।
तर शिवराज नगरपालिकाको DOIT को नियमलाई बेवास्ता गर्दै सिकारुले बनाएको पेज आज सार्वजनिक गरेको हो ।
आइटी जानकारहरुका अनुसार उक्त पेज सजिलै ह्यक हुने र पालिकाको गलत प्रवाह हुने सम्भावना रहेको बताउछन । पालिकाले यस्तो पेजलाई DOIT को नियम अनुसार मात्र सन्चालन गर्नु पर्छ ।
पालिकाले सार्वजनिक गरेको पेज भार्सेल कम्पनीको सब डोमेनामा होस्ट गरिएको छ । जुन कि पालिक र भार्सेल विच कुनै सम्झौता नै छैन । यसरी निर्माण गरिएको पेज गैरकानुनी मानिन्छ ।
स्वास्थ्य जस्तो संवेदनशील नम्बरहरुको मिस्युज भएर गलत सन्देश प्रवाह भई कसैको ज्यानी समेत जानसक्ने भएकोले पालिकाले ध्याना दिनुपर्ने आइटी बिज्ञहरुको भनाई रहेको छ ।
पालिकाले कुनै सम्झौता विना र जवाफदेही निकाय बिनै नगरपालिकाले सस्तो लोकप्रियताका लागि क्यु आर कोड सार्वजनिक गरेको हो ।
नगरपालिकाले सार्वजनिक गरेको पेज ह्यक वा गलत सुचना पोस्ट भए को जिम्मेवार हुने विषयमा कुनै छलफल नै नगरी क्युआर कोड सार्वजनिक गरेको हो ।
आइटी अध्ययन गर्दै गरेका शिवराज नगरपालिकाका एक युवकले उक्त पेज निशुल्क रुपमा बनाई पालिकालाई हस्तान्तरण गरेका थिए ।
यता शिवराज नगरपालिकाका मेयर अजय थापाले उक्त पेजलाई मजबुत बनाउदै लैजाने बताउनु भयो ।
नगर प्रमुख थापाले भन्नू भयो “अध्ययन गर्दै आएका युवकले बनाएको पेजलाई हामीले लन्ज गरेका छौ यसलाई ब्यवस्थित गरि अघि बढ्छौ ।