Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा नेपाली कांग्रेसको शुभकामना आदानप्रदान

२०८१, २३ आश्विन बुधबारमा प्रकाशित

सनिउल्ला धोबी-

कपिलवस्तुको चन्दौटामा नेपाली कांग्रेस शिवराज नगर कार्य समितिको आयोजनामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नेपाली कांग्रेसको स्थानीय संगठनको सशक्तिकरण र जनसमुदायसँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री सुरेन्द्र राज आचार्यले उपस्थित जनसमुदायलाई आफ्नो सम्बोधन गर्दै आगामी दिनहरूमा पार्टीको दृष्टिकोण र योजनाबारे प्रकाश पार्नुभयो । उहाँले नेपाली कांग्रेसले देशको समृद्धि, शान्ति र विकासको मार्गदर्शन गर्दै आएको बताउँदै सबैलाई मिलेर काम गर्न आह्वान गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले पनि आफ्नो मन्तव्य राख्दै उपस्थित सबैलाई वडा दशैं, शुभ दीपावली, छठ, र नहान पर्वको शुभकामना व्यक्त गर्नुभयो । उहाँले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा एकता र सहकार्यको महत्त्वबारे चर्चा गर्दै जनताका समस्याहरू समाधान गर्न सबै दलहरू मिलेर अघि बढ्नुपर्ने कुरा उठाउनुभयो ।

यस अवसरमा जिल्ला सभापति अब्दुल कलामले नेपाली कांग्रेसको ऐतिहासिक योगदानलाई स्मरण गर्दै स्थानीयस्तरमा पार्टीको जनाधार बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले पार्टीको नीतिहरूलाई जनतासम्म पुर्‍याउने काममा सबै नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । जिल्ला उपासभापती हुमकान्त खनालले पनि पार्टीभित्रको एकता र सहकार्यको महत्त्वबारे आफ्नो विचार राख्दै नवप्रवेशीहरूलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा जिल्ला सचिव प्रेम बहादुर रायमाझी, जिल्ला प्रवक्ता इश्वरी पान्डे, जिल्ला सदस्य बिनोद नेपाल, वरिष्ठ नेता नवराज पाण्डे, भवन राज पौडेल, जमशेर अलि मिया, अकिल मिया, ब्रम्हानन्द उपाध्यय, रफिक खान, हरि पोखरेल, केशरी चौहान, गोविन्द केसी, राजु खराल, मेघराज रेग्मी, चुन्ना उपाध्यय, मुक्तेश्वर मिश्रा लगायतका नेताहरूले पनि आफ्नो मन्तव्य राख्दै पर्वहरूको शुभकामना आदानप्रदान गर्नु भएको थियो ।

नेपाली कांग्रेसमा १ सय जना भन्दा बढी स्थानीय व्यक्तिहरूको नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।  नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेताहरूले जनताको आवाजलाई सशक्त बनाउन र मुलुकको विकासमा योगदान पुर्‍याउन सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्नु भयो ।

शुभकामना आदानप्रदान कार्यक्रम नेपाली कांग्रेस शिवराज नगर समितिका अध्यक्ष मधु पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष पोख्रेलले पार्टीको संगठनलाई स्थानीयस्तरमा बलियो बनाउने अभियानलाई निरन्तरता दिन सबैलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “हामी एकताको सन्देश लिएर जनतासँग नजिक हुन चाहन्छौं, जसले गर्दा विकास र समृद्धिको मार्ग अझ स्पष्ट हुनेछ ।”

कार्यक्रमको सञ्चालन नगर सचिव विष्णु पोख्रेलले गर्नुभएको थियो । उहाँले पार्टीले स्थानीयस्तरमा गरेको योगदान र भविष्यमा गर्ने योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै जनसमुदायको सहयोगबिना विकासको गति सम्भव नहुने कुरा राख्नुभयो ।

कार्यक्रमले नेपाली कांग्रेसको स्थानीय संगठनलाई थप मजबुत बनाउँदै एकताको सन्देश फैलाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu