Connect with us
Kapilvast Forest

कपिलवस्तु प्रहरी एकशनमा, दुई महिनामै ६२ अपराधी पक्राउ

२०८१, २५ कार्तिक आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल,
कपिलवस्तुमा विभिन्न अपराध गरि फरार रहदै आएका ६२ जना पक्राउ परेका छन् । विभिन्न अपराधिक घटनामा संलग्न भई कैद सजाय तोकिएका तथा अदालतमा उपस्थित नभई फरार रहदै आएका आरोपी तथा अपराधीहरुलाई २ महिना भित्रै पक्राउ गरिएको हो ।

फरार प्रतिवादी पक्राउको “प्रहरी विशेष अभियान” अन्र्तगत उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले असोज १३ गते देखि जारी गरिएको अभियानमा कार्तिक २४ गते सम्म ६२ जना पक्राउ परेको बताउनुभयो ।

प्रहरीले जिल्लाभरी नै फरार प्रतिवादीहरु धमाधम पक्राउ गर्न थालेपछि कतिपय आफै प्रहरी समक्ष भने केहि अदालतमा स्वयं उपस्थित भई कैद सजाय, तथा जरिवाना भुक्तानको प्रक्रियामा गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुद्धा फाँट प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार पक्राउ पर्नेहरुमा सबै भन्दा धेरै बैंकिङ्ग कसुर, चोरी तथा कुटपिट, बलात्कार, ठगी, लागू औषध तथा बन सम्बन्धी रहेका छन् । “केहि अदालतको सामान्य जरिवाना फैसला भएकाहरुले समेत वेवास्ता गरि बसेकाहरु पनि पक्राउ परेका छन्” उहाले भन्नुभयो ।

पक्राउ पर्नेहरुमा २० बर्ष कैद सजाय तोकिएका देखि ६० रुपैया जरिवाना सम्मका रहेका छन् । कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकि विगत १३ बर्ष देखि फरार रहदै आएका बुद्धभूमी ६ का रामप्रसाद कोरी, बलात्कार मुद्धामा ७ बर्ष कैद सजाय तोकि ३ बर्ष देखि फरार रहदै आएका कपिलवस्तु १० पचेहरा का त्रियुगी केवट देखि सबै भन्दा कम काठ तस्करीमा ६० रुपैया जरिवाना भएका शिवराज ३ भितरिया बस्ने राकेश थारु सम्मलाई प्रहरीले पक्राउ गरि कैद जरिवाना असुल गराएको छ ।

फरार प्रतिवादी पक्राउमा सबै भन्दा बढि वडा प्रहरी कार्यालय चन्द्रौटा अग्रपंक्तिमा देखिएको छ । चन्द्रौटा प्रहरीले मात्रै २४ जना फरार प्रतिवादी ४० दिन भित्रै पक्राउ गरेको छ । यसै गरि इलाका प्रहरी कार्यालय बहादुरगंजले १० तथा पिपरा इप्रकाले ९ वटा फरार प्रतिवादी पक्राउ गरेको मुद्धा फाँटले जनाएको छ ।

अझै पनि विभिन्न घटनामा कैद सजाय तथा जरिवाना तोकि तथा घटना लगत्तै फरार भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले शान्ति सुरक्षा सुदृढ बनाउन फरार प्रतिवादीहरु पक्राउ गर्ने र सीमा सुरक्षा सर्तकता सम्बन्धी विशेष अभियानलाई अझै निरन्तरता दिइने बताउनुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu