Connect with us
Kapilvast Forest

अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

२०८१, २२ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं-काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि  सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ ।

सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो ।

अर्थाे डेन्टीस डा.सीता सापकोटा खरेलले बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको लागि सम्पुर्ण दाँत सम्बन्धी उपचार हुने स्थानको रुपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् ।


दाँत सम्बन्धी समस्याको भरपर्दाे विशेषज्ञबाट उपचार हुनेछ ।  सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासंगै उद्घाटनको अवसरसंगै आउदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइने छ । दाँत उपचार हेर्दा सामान्य लागेपछि राम्रो स्थानमा उपाचार नगर्दा समस्या आउने समस्या बढ्दै गएको अवस्थामा एमडिएस अध्ययन गर्नु भएकी डा. सापकोटाले आफै डेण्टल सञ्चालन गर्नु भएको हो।

सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको अहिले २५ लाख भन्दा धेरै लगानी भएको छ भने बिस्तारै काठमाडौका अन्य स्थानमा समेत शाखा खेल्ने डा. सापकोटाको योजना छ । बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने उपचारको लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयरमा उपचार हुनेछ । यस्तै दैनिक रुपमा दन्त रोग बिशेषज्ञ (बिडिएस, एमडिएस) बाट दन्त परिक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने, तथा दन्त हर्षको समेत उपचार हुनेछ ।

डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डा.सापकोटाले बताइन् । डा.सापकोटा ब्रेसेस उपचारका  लागि स्पेसलिस्ट समेत हुन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu