Connect with us
Kapilvast Forest

कृष्णनगरको बेरुजु रकममा उल्लेख्य सुधार 

२०८२, ८ असार आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विगतमा ठूलो चुनौतीको रुपमा रहेको बेरुजु रकममा उल्लेखनीय सुधार गर्दै आर्थिक सुशासनतर्फ उल्लेख्य फड्को मारेको छ । आर्थिक वर्ष २०७४/७५ मा १२ करोड ३३ लाख र २०७६/७७ मा २० करोड ३३ लाख रुपैयाँ बेरुजु देखाइएको यस नगरपालिकाले पछिल्ला दुई आर्थिक वर्षमा भने बेरुजु रकमलाई झिनो बनाउँदै २०८०/८१ मा घटाएर २ करोड १५ लाखमा झार्न सफल भएको छ।

नगर प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाका अनुसार हालको बेरुजु रकम पनि नियमित प्रक्रियामार्फत समाधान गर्न सकिने प्रकृतिको रहेको छ । उनले विगतमा प्रदेशमै उच्च बेरुजु देखाउने पालिकामध्ये पर्ने कृष्णनगरले सुधारको गतिमा आफैलाई उदाहरणीय रुपमा उभ्याउन सफल भएको बताए ।

लेखा अधिकृत मनिष पाण्डेले सुधारको श्रेय जनप्रतिनिधि, कर्मचारी र नागरिक समुदायको समन्वित प्रयासलाई दिँदै, पछिल्ला वर्षहरूमा लेखा प्रणालीलाई अनलाइनमार्फत पारदर्शी बनाइएका कारण परिणाम सकारात्मक आएको बताए ।

त्यस्तै, संस्थागत क्षमता स्व-मूल्यांकन (LISA) मा समेत उल्लेखनीय प्रगति भएको छ । आर्थिक वर्ष ०७६/७७ मा २५.६७ प्रतिशत अंकमा सीमित रहेको पालिकाले २०८०/८१ मा ८५ प्रतिशतसम्म प्रगति गर्न सकेको छ।

साथै, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (IRM) मा पनि कृष्णनगरले आर्थिक वर्ष ७८/७९ मा ५७ प्रतिशतबाट २०८०/८१ मा ७६.५ प्रतिशतसम्म सुधार गरेको छ ।

सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै नगरपालिकाले विद्युतीय भुक्तानी प्रणाली, अनलाइन राजस्व तथा जिन्सी व्यवस्थापन, योजना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सेवाहरू अनलाइन प्रणालीमार्फत पारदर्शी र समयमै सेवा प्रवाह गर्न थालेको छ ।

यातायात पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पशुपालन र जनशक्ति विकासमा समेत व्यापक लगानी गरी विकासका क्षेत्रमा नगरपालिका तीव्र गतिमा अगाडि बढिरहेको छ ।

कृष्णनगर नगरपालिका अब आर्थिक अनुशासन, पारदर्शिता र सेवा प्रभावकारिताका हिसाबले प्रदेशमै उदाहरणीय मोडलको रूपमा स्थापित हुँदै गएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu