डिभिजन वन कार्यालय गौतमबुद्धद्वारा पहिलो पटक उद्योगमा अनुगमन
सनिउल्ला धोबी, कपिलवस्तु-
डिभिजन वन कार्यालय गौतमबुद्ध, कपिलवस्तुले सरोकारवाला निकायहरूसँग संयुक्त रूपमा अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालय प्रमुख राजु क्षेत्रीको नेतृत्वमा अनुगमन टोलीले खरेन्द्रपुरस्थित सबडिभिजन कार्यालय तथा घाटगड्डी, डाइमण्ड काष्ठ उद्योग गडगौडा, बालाजी फर्निचर उद्योग पिरपुर लगायतका स्थानमा स्थलगत अवलोकन र छलफल गरेको हो ।
डिभिजन वन प्रमुख राजु क्षेत्रीले भन्नुभयो उद्योगी ब्यावासायीको समस्या, कठिनाइ बुझ्न हामिले यो अभियान चलाएका छौ । “
ब्यापारीको काष्ठ उद्योग सञ्चालन गर्दा काठ उपलब्धताको बारेमा डिभिजन सदैव तयार रहेको डिभिजन प्रमुख क्षेत्रीले बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले पालिकासग सहकार्य र समन्वयमा काठ उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
अनुगमन टोलीमा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु, कपिलवस्तु गौतमबुद्ध साझेदारी वन अध्यक्ष गंगेशनाथ तिवारी, पत्रकार राजु खराल, सबडिभिजन वन कार्यालय खरेन्द्रपुरका वरिष्ठ अधिकृत पहलमान सेर्मुजा मगर, शिवपुर सबडिभिजनका वरिष्ठ वन अधिकृत ओली मोह्हमद राइन लगायतको उपस्थिति थियो ।
कार्यक्रममा काष्ठ व्यवसायी, उद्योगीहरूसँग नीति, नियम, कार्यान्वयन र व्यवसायिक सुधारका सन्दर्भमा प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमले स्थानीय उद्योगी तथा सरोकारवालालाई आफ्ना समस्या र सुझाव राख्ने अवसर दिएको थियो । सहभागीहरूले काष्ठ उद्योग दर्ता, अनुमतिपत्र नवीकरण, काठ आपूर्ति तथा वन संरक्षण सम्बन्धी प्रक्रियालाई सहज बनाउन आग्रह गरेका थिए ।