Connect with us
Kapilvast Forest

भ्रष्टाचार र सरकार पर्यायवाची बन्यो : माओवादी सांसद शर्मा

२०८२, १५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् ।राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् ।मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिए ।‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ,’ उनले भने ।

भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि उनले लगाए ।‘यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ । भ्रष्टाचार गर्न विशेष कदम चाल्न र सम्पती छानविन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन् ।भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरूको सम्पत्ति छानविन गर्ने प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu